मुख्यमन्त्री दाबी गर्न प्रदेश प्रमुखकहाँ पुगे विपक्षी दल
मुख्यमन्त्रीको दाबी गर्न विपक्षी दलका सांसद गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलकहाँ पुगेका छन्।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन दाबी गर्दै विपक्षी दल प्रदेश प्रमुख पौडेलकहाँ पुगेका हुन्। प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेको दुई घण्टा नबित्दै उनीहरू दाबी प्रस्तुत गर्न लागेका हुन्।
३१ जना सांसदसहित प्रदेश प्रमुख पौडेलकहाँ पुगेको मुख्यमन्त्रीका दाबेदार नेपालीले बताए। जसमा कांग्रेस, नेकपा (माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) को समर्थन रहेको छ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि प्रदेश प्रमुख पौडेलले शुक्रबार दिउसो ३ बजे नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइन्। उनले २९ जेठ दिउसो ३ बजेसम्म दाबी पेश गर्न समय दिएकी छिन्।