बी एन्ड सीलाई सम्बन्धन दिने तयारीविरुद्ध प्रदर्शन (तस्वीरहरू)
झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध बिहीबार काठमाडौंमा प्रदर्शन गरिएको छ।
सरकारले काठमाडौं विश्वविद्यालयमार्फत दुर्गा प्रसाईँको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने तयारी गरेको छ। काठमाडौं विश्वविद्यालयको कार्यकारी परिषद्को ६२५ औं बैठकले सम्बन्धन दिन ३१ वैशाखमा चिकित्सा शिक्षा आयोगलाई सिफारिश गरेको छ।
यसको विरोधमा सोलिडारिटी फर डा.गोविन्द केसीको आह्वानमा माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो। प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।