एशियन भलिबल च्याम्पियनशिपका लागि ३० खेलाडी छनोट
नेपाल भलिबल संघले फिलिपिन्समा हुने एशियन महिला भलिबल च्याम्पियनशिपका लागि ३० खेलाडी छनोट गरेको छ।
संघका उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक प्रज्वलबहादुर सिंह र महिला टोलीका पूर्वप्रशिक्षक जगदीशप्रसाद भट्टको छनोट समितिले खेलाडी छनोट गरेको हो। बन्द प्रशिक्षणका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबबाट आठ, नेपाल प्रहरीको पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र न्यू डायमण्ड क्लबबाट सात–सात तथा भरतपुर मेट्रोबाट एउटा खेलाडी छनोट गरिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्दले बताए।
आर्मीबाट सुनिता खड्का, सोफिया पुन, शान्ति थारू, जानकी भण्डारी, सरस्वती जैसी, कृपा अधिकारी, संगम महतो र सृष्टि खड्का छनोट भएका छन्। पुलिसबाट कमला पुन, उषा भण्डारी, पुनम चन्द, कामना बिष्ट, लक्ष्मी चन्द, मनिषा चौधरी र शान्तिकला तामाङ बन्द प्रशिक्षणका लागि बोलाइएका छन्।
त्यस्तै, एपिएफबाट सरस्वती चौधरी, निरुता ठगुन्ना, हीरा केसी, उषाकुमारी बिष्ट, पूजा चौधरी, रेश्मा भण्डारी र कविता भट्ट, न्यू डायमन्ड स्पोर्ट्स क्लबबाट प्रतिभा माली, अरुणा शाही, सलिन श्रेष्ठ, बाल्मिका आचार्य, झरना श्रेष्ठ, रीया कुँवर र रीमा कुँवर तथा भरतपुरबाट सरस्वती कट्टेललाई छनोट गरिएको छ।
यस्तै वैकल्पिक खेलाडीका रुपमा भरतपुरकी आरती सुवेदी र निशा चौधरी, डायमन्डकी प्रगति नाथ, ढोरपाटनकी पुष्पा शाही र पुलिसकी पुष्पा चौधरीलाई चयन गरिएको चन्दले बताए।
संघले महिला टोलीको व्यवस्थापकमा उपाध्यक्ष निरोज मास्केलाई र प्रशिक्षकमा भट्टलाई चयन गरेको छ।
एशियन महिला भलिबल च्याम्पियनशिप १३ देखि २० भदौसम्म फिलिपन्समा हुनेछ। बन्द प्रशिक्षण २१ जेठबाट सञ्चालन हुने संघले जनाएको छ।