नालामा सनराइजको शाखारहित ब्याङ्किङ सेवा
सनराइज ब्याङ्कले काभ्रेको बनेपा नगरपालिका–४, नालामा शाखारहित ब्याङ्किङ सेवा शुरु गरेको छ ।
यससँगै सनराइजका शाखारहित ब्याङ्किङ सेवा २९ पुगेका छन् । ब्याङ्क नपुगेका ठाउँमा जनतालाई सेवा दिन शाखारहित ब्याङ्किङ सेवा सञ्चालन गरेको ब्याङ्कले जनाएको छ ।
सेवाको उद्घाटन नेपाल राष्ट्र ब्याङ्कका डेपुटी गर्भनर शिवराज श्रेष्ठले गरेका थिए । उद्घाटन कार्यक्रममा ब्याङ्कका भक्तपुर शाखा प्रबन्धक
भिमनारायण श्रेष्ठले शाखारहित ब्याङ्किङ सेवाका प्रतिनिधि अशोक श्रेष्ठलाई प्वाइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।
उक्त मेसिनका माध्यमबाट शाखारहित ब्याङ्किङ सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने ब्याङ्कले जनाएको छ ।
ब्याङ्किङ सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई ब्याङ्किङ सेवा शाखारहित ब्याङ्किङ सेवा मार्फत उपलब्ध गराउँदै जाने लक्ष्य ब्याङ्कले लिएको समेत जनाएको छ ।