स्पेनद्वारा १५ भेन्टिलेटर र ५० अक्सिजन सिलिन्डर सहयोग
स्पेनले नेपाललाई १५ भेन्टिलेटर, ५० थान अक्सिजन सिलिन्डर तथा कोरोनाभाइरसविरुद्ध लड्नका लागि अन्य अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
बिहीबार स्पेनिस एजेन्सी फर इन्टरनेशनल डेभलप्मेन्ट कोअपरेसन (एईसीआईडी)का निर्देशक मग्दी मार्टिनेज् सोलिमनले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई सामग्री हस्तान्तरण गरेका हुन्।
स्पेनिस सरकारले चार्टर्ड फ्लाइट मार्फत १ लाख ४४ हजार एन्टिजेन टेस्ट किट, १० थान अक्सिजन कन्सन्ट्रेटर र १ लाख ४४ हजार एफएफपी–२ मास्क पनि पठाएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामग्री बुझ्दै स्वास्थ्यमन्त्री त्रिपाठीले जीवनरक्षक सामग्री सहयोग गरेकोमा स्पेनिस सरकारप्रति आभार व्यक्त गरे।