नेपाल लाइफको ‘नौलो सुरक्षित जीवन बीमा योजना’
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नौलो सुरक्षित जीवन बीमा योजना’ ल्याएको छ ।
१८ देखि ७० वर्षसम्मको स्वस्थ व्यक्तिले बीमा गर्न सकिने नौलो सुरक्षित जीवन बीमा योजनामा आम्दानीको आधारमा अधिकतम बीमाङ्क छनोट गर्न सकिने कम्पनीले जनाएको छ।
यस बीमा योजना अन्तर्गत बीमितले बीमालेख चालू रही बीमा अवधि समाप्ति मितिसम्म बीमित जीवित रहेमा ‘बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम र आर्जित बोनश’ बीमा अवधि समाप्तिमा एकमुष्ट प्रदान गर्नेछ।
त्यसैगरी, बीमालेख चालू रही बीमा अवधिभित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिम बाहेक) बीमितको मृत्यु भएमा बीमाङ्क रकम र आर्जित बोनश एकमुष्ट प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।
बीमा योजनामा तीन वर्ष पूरा भइसकेपछि समर्पण मूल्य प्राप्त हुने तथा बीमालेखलाई धितो राखी समर्पण मूल्यको ९० प्रतिसम्म ऋण सुविधा लिन सकिनेछ ।