सुदूरपश्चिमका मुख्यमन्त्रीलाई कोरोना संक्रमण
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई कोरोनाभाइरसको संक्रमण भएको छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको उनका स्वकीय सचिव प्रेम कुँवरले बताए। कोरोनाको सामान्य लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको उनले जानकारी दिए।
कोरोना संक्रमण देखिएपछि मुख्यमन्त्री भट्ट होम आइसोलेसनमा बसेका छन्। उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
मुख्यमन्त्री भट्ट सेती प्रादेशिक अस्पतालका चिकित्सकको निगरानीमा बसिरहेका छन्। उनको २७ वैशाखमा स्वाब परीक्षण गरिएको हो।