आज ८ हजार १६७ संक्रमित थपिए, १८७ जनाको मृत्यु
आज देशभर थप आठ हजार एक सय ६७ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ भने एक सय ८७ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा १८ हजार पाँच सय ४८ जनाको स्वाब परीक्षण गर्दा आठ हजार एक सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। आज शुक्रबारको भन्दा तीन हजार कम स्वाब परीक्षण गरिएको हो।
देशभर १७ हजार नौ सय ७१ जनाको पीसीआर परीक्षण गर्दा आठ हजार ४६ र पाँच सय ७७ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय २१ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या चार लाख ४७ हजार सात सय चार पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाबाट एक सय ८७ जनाले ज्यान गुमाएका छन्। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार आठ सय ५६ पुगेको छ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट पाँच हजार चार सय ५५ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या तीन लाख ३३ हजार एक सय आठ पुगेको छ।