अब सहमति बनाउन लाग्नुपर्छ : योगेश भट्टराई
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेता योगेश भट्टराईले नेताहरूमाथिको निलम्बनको कारबाही फुकुवालाई सकारात्मक भएको बताएका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बिहीबार बसेको स्थायी समिति बैठकले चार नेतामाथिको कारबाही फुकुवा गरे लगत्तै उनले सहमति बनाउन लाग्नुपर्ने प्रतिक्रिया जनाएका हुन्। “हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो,” भट्टराईले ट्वीटरमा लेखेका छन्, “अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ।”
स्थायी समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसालमाथि गरिएकाे कारबाही फिर्ता गर्ने निर्णय गरेको थियो।