पार्टी एकतालाई ध्यानमा राखेर चार नेतामाथिको कारबाही फुकुवाः नेम्वाङ
नेकपा (एमाले) स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले पार्टी एकतालाई मध्यनजर गरेर चार नेताहरूमाथिको निलम्बनको कारबाही फिर्ता भएको बताएका छन्।
बिहीबार बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई निलम्बन मुक्त गर्ने निर्णय गरे लगत्तै नेम्वाङले हिमालखबरसँग भने, “हामी पार्टी एकताको पक्षमा छौं, निर्णयले पार्टी एक हुन मद्दत पुग्ने विश्वास लिएका छौं।”
राष्ट्रपति विद्यादेवी भण्डारीले मिलीजुली सरकार गठन गर्न आह्वान गरेको समयावधि सकिने दिन बसेको बैठकले चार नेतामाथिको कारबाही फिर्ता गर्ने निर्णय गरेको हो।