जनमोर्चाले संसदीय दलका नेता थापालाई हटायो
राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश संसदीय दलका नेता कृष्ण थापालाई हटाएको छ।
जनमोर्चा गण्डकी प्रदेश संसदीय दलकी प्रवक्ता पियारी थापाले सभामुखलाई पत्र पठाएर संसदीय दलका नेता थापालाई हटाएको जानकारी दिएकी छिन्। प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्रजंग केसीले जनमोर्चाले थापालाई संसदीय दलको नेताबाट हटाएको जानकारीको पत्र आएको पुष्टि बताए।
जनमोर्चा सचेतक पियारी थापाले पठाएको पत्रमा भनिएको छ, “निजलाई राष्ट्रिय जनमोर्चा संसदीय दलको नेताबाट हटाउने गरी भएको दलको निर्णय अनुसार आजकै मितिदेखि लागू हुने गरी राष्ट्रिय जनमोर्चा संसदीय दलको नेताको विवरणबाट निजको नाम हटाई सोही बमोजिमको विवरणको जानकारी कार्यान्वयन गराउन अनुरोध छ।”
कृष्ण थापा पार्टीको निर्णयविरुद्धको कामकारबाहीमा संलग्न भएकाले हटाइएको पत्रमा उल्लेख छ। जनमोर्चाले आजै दिउँसो २ः०५ बजे पत्र पठाएको हो।
कृष्ण थापाको अन्तर्वार्ता :