प्रधानमन्त्री नबनेका व्यक्तिको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔंः भट्टराई
जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका छन्।
पूर्वप्रधानमन्त्री भट्टराईले एक पटक पनि प्रधानमन्त्री नबनेका व्यक्तिको नेतृत्वमा सरकार बनाउन सुझाव दिएका हुन्। "सबै दलको सहभागितामा र वर्तमान तथा पूर्व प्रमबाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं," उनले ट्वीटरमा लेखेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले २७ वैशाखमा संविधानको धारा ७६ (२) अनुसार मिलीजुली सरकार बनाउन दलहरूलाई आह्वान गरेकी छन्। तीन दिनभित्र दुई वा दुईभन्दा बढी दलको सरकार बन्न नसके संसद्को सबैभन्दा ठूलो दलकाे नेतृत्वमा सरकार बन्ने प्रावधान छ।