नेपाल पक्षका यी सात सांसद जसले ओलीलाई मत दिए
नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सात जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मत दिएको खुलेको छ।
यसअघि नेपाल पक्षमा खुल्दै आएका सांसदहरू राजबहादुर बुढा, हिराचन्द्र केसी, बिनादेवी बुढाथोकी मगर, ध्रुवकुमार शाही, गंगा चौधरी सत्गौवा, समिना हुसेन र पार्वती विशन्खेले ओलीलाई विश्वासको मत दिएको संसद् सचिवालय स्रोतले जानकारी दिएको छ।
२७ वैशाखमा भएको मतदानमा विश्वासको मतको पक्षमा ९३ मत परेको थियो। नेपाल पक्षका २८ सांसद भने अनुपस्थित थिए।