सिप्रदीले अत्यावश्यक गाडीको मर्मत सेवा जारी राख्ने
सिप्रदीले कोभिड–१९ को महामारीका समयमा एम्बुलेन्स लगायत अत्यावश्यक गाडीको आकस्मिक मर्मतसम्भार सेवा सञ्चालन जारी राख्ने भएको छ। यसको आवश्यक परेमा टोल फ्री नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।
अहिले देशका ७१ जिल्लामा निषेधाज्ञा लागू भएको छ। जसले गर्दा सिप्रदीले पनि आफ्ना शाखा कार्यालय बन्द गरेको छ।
तर, यो आपत्कालीन समयमा कुनै पनि ठाउँमा आकस्मिक सेवा पुर्याउँदै आएका गाडीहरूको मर्मत, पार्टपुर्जा, इन्जिन आयल वा ब्याट्री सम्बन्धी सेवा दिने भएको हो। यसका लागि टोल फ्री नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ।
यो सेवा अत्यावश्यक सेवा प्रदान गरिरहेका गाडीहरूलाई चाैबीसै घण्टा प्रदान गरिने सिप्रदीले जनाएको छ।