सिन्धुलीेमाडीमा ग्लोबल आइएमईको शाखा
ग्लोबल आइएमई ब्याङ्कले सिन्धुलीमाडीमा नयाँ शाखा खोलेको छ ।
१३७ औं शाखाको रूपमा कमलामाई नगरपालिका वडा नं. ६ माडी बजारमा शाखा सञ्चालनमा ल्याएको हो ।
सिन्धुली जिल्ला र त्यस क्षेत्रका बासिन्दालाई सेवा पु¥याउने उद्देश्यले खोलिएको शाखाले सरल तथा सुलभ तवरले सबै प्रकारका ब्याङ्किङ सेवा प्रदान गर्ने ब्याङ्कले जनाएको छ ।
सबै क्षेत्र र वर्गसम्म ब्याङ्किङ सेवाको पहुँच पुर्याउने उद्देश्यले ग्लोबल आइएमई ब्याङ्कले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित ब्याङ्किङ सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।
योसँगै ब्याङ्कका हाल १३७ वटा, १५ वटा राजस्व संकलन काउण्टर, १४२ एटिएम, १० वटा एक्सटेन्सन काउण्टर तथा १३१ शाखा रहित ब्याङ्किङ सेवा छन् ।
नेपाल बाहिर पनि अष्टे«लिया, बेलायत र भारतमा गरी तीनवटा प्रतिनिधि/सम्पर्क कार्यालय सञ्चालन गरेको ब्याङ्कले १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको बताएको छ ।
ब्याङ्कले अत्याधुनिक प्रविधियुुक्त भाइवर ब्याङ्किङ, मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ लगायत सेवा सेवा सञ्चालन गरेको ब्याङ्कले रु. १५ लाखसम्मको विना धितो प्रोफेशनल कर्जा प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई ब्याङ्कले मलेसिया,दक्षिण कोरिया, साउदी अरेबिया, कतार, युएई, बहराइन, जोर्डन लगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको बताएको छ ।