दाहाललाई ओलीको कटाक्ष– लोकतन्त्रविरुद्ध हतियार उठाउने तपाईं नै होइन !
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई कटाक्ष गरेका छन्।
ओलीले दाहालको नाम उल्लेख नगरी लोकतन्त्रको विरोधमा लडाइँ गरेको स्मरण गराएका हुन्।
“एक जना मित्रले लोकतान्त्रिक प्रणालीको जोडदार वकालत गर्नुभयो, निकै चिन्ता पनि व्यक्त गर्नुभयो, १०–१५ वर्षअगाडि लोकतान्त्रिक प्रणालीविरुद्ध लडाइँकै मैदानमा हुनुहुन्थ्यो क्यारे!” प्रधानमन्त्री ओलीले सोमबार बसेको प्रतिनिधि सभा बैठकमा भने, “हामी सम्झाउँदै थियौं, लोकतान्त्रिक प्रक्रियामा आउनुस् भनेर। आज लोकतन्त्रको यत्रो तरकदारी गर्दा मलाई एकदमै खुशी लागेको छ, धन्यवाद भन्न चाहन्छु।”