यस्तो छ संसद्मा ‘हुन्छ, हुन्न र दिन्नँ’को लबी (तस्वीरहरू)
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा पेश गरेको विश्वासको मतको प्रस्तावमा मतदानका लागि ‘हुन्छ, हुन्न र दिन्नँ’ गरी तीन स्थान छुट्याइएको छ।
संसद् सचिवालयका अनुसार, सांसदहरूलाई मतदान गर्न तीन लबीमा व्यवस्था गरिएको हो। प्रधानमन्त्री ओलीलाई मत दिनले ‘हुन्छ’ भन्ने लबीमा, विपक्षमा मत दिनले ‘हुन्न’ भन्ने लबीमा र मत नदिने सांसदले ‘दिन्नँ’ भन्ने लबीमा गएर मतदान गर्नुपर्नेछ।
त्यस्तै, कोरोनाभाइरस संक्रमित सांसदका लागि ल्होत्से हलमा मतदानको व्यवस्था गरिएको छ। प्रधानमन्त्री ओलीले पेश गरेको विश्वासको मतको प्रस्ताव आजै टुंग्याइनेछ।

.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)