यो सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण छैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नभएको बताएका छन्।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विश्वासको मत दिन आग्रह गरेका हुन्। “यो सरकारमाथि विश्वास नगर्नुपर्ने कुनै कारण छैन र हुनै सक्दैन,” बैठकमा ओलीले भने ,“माननीयज्यूहरूले हुन्न भन्ने पक्षमा कसरी रेजा लगाउन सक्नुहुन्छ होला र सभामुख महोदय?”
सबै दलका सांसदहरूलाई आफ्नो पक्षमा भोट दिन ओलीले बैठकमा आग्रह गरे। उनले भने, “कुनै दलले विपक्षमा भोट दिने निर्णय गरेर आएको भए पनि दलका नेताले पक्षमा दिनुस् भने हुन्छ।”