विश्वासको मतको विपक्षमा मतदान गर्न माओवादीद्वारा ह्वीप जारी
नेकपा (माओवादी केन्द्र)को संसदीय दलले प्रतिनिधि सभामा विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।
सोमबार प्रतिनिधि सभाको बैठक शुरु हुनुअघि बसेको संसदीय दलको बैठकले विश्वासको मत सम्बन्धी प्रस्तावको विरुद्धमा मतदान गर्न ह्वीप जारी गर्ने निर्णय गरेको माओवादी नेता गिरिराजमणि पोखरेलले जानकारी दिए।
प्रतिनिधि सभामा माओवादी केन्द्रका ४८ सांसद (सभामुखबाहेक) छन्।
बैठकमा सांसदहरूलाई संसदीय दलको विधानको मस्यौदा वितरण गरिएको थियो।