एनसेलले ल्यायो राहत प्याक अफर
कोभिड-१९ महामारीको दोस्रो लहरमा आफ्ना ग्राहकलाई सहज रूपमा सञ्चार सेवा उपलब्ध गराउन एनसेलले राहत प्याक अफर ल्याएको छ।
एनसेलले ल्याएको अफरमा प्रत्येक रिचार्जमा बोनस डेटा, ३० दिने डेटा प्याकमा डबल डेटा, वर्क फ्रम होमका लागि सुलभ अफरहरू, डिजिटल माध्यमबाट प्याक किन्दा आकर्षक बोनस र एनसेल सापटीमा विभिन्न सुविधा छन्।
प्रत्येक रिचार्जमा बोनस डेटा अन्तर्गत रू. ५० देखि रू.९९ सम्मको रिचार्जमा ५० एमबी, रू. १०० देखि रू. १९९ सम्मको १०० एमबी, रू.२०० देखि रू. २९९ सम्ममा २०० एमबी, रू.३०० देखि रू. ४९९ सम्ममा ३०० एमबी, रू. ५०० देखि रू.९९९ सम्ममा ५०० एमबी र रू.१००० वा सोभन्दा बढीको रिचार्जमा एक हजार एमबी डेटा बोनस पाइने भएको छ।
त्यस्तै, ३० दिने डेटा प्याकमा डबल डेटा अन्तर्गत ३० दिने डेटा खरीदमा दोब्बर पाइनेछ। वर्क फ्रम होम अफर अन्तर्गत दैनिक तथा साप्ताहिक डेटा प्याकको अफर ल्याएको छ।
दैनिक डेटा प्याकमा रू.३१ मा २ जीबीएप डेटा प्राप्त गर्न सकिनेछ भने यसलाई बिहान ६ देखि बेलुका ६ सम्म प्रयोग गर्न सकिन्छ। यसका साथै १५० एमबी अल टाइम डेटा पनि प्राप्त गर्न सकिनेछ।
त्यस्तै, साप्ताहिक प्याक अन्तर्गत रू. १२७ मा १४ जीबीएप डेटा तथा ३ जीबी अल टाइम डेटा प्राप्त गर्न सकिनेछ। डिजिटल प्लेटफर्म मार्फत प्याकहरूको खरीदमा बोनसको व्यवस्था गरिएको छ। यससँगै एनसेल सापटीमा रू.८० सम्म सापटी लिन सकिनेछ।