माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने
नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ।
काठमाडौं उपत्यकामा उपलब्ध स्थायी समितिका सदस्यहरूको मंगलबार बसेको बैठकपछि यस्तो निष्कर्षमा पुगेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
“समर्थन फिर्ता लिने हाम्रो पहिलेकै निर्णय हो, कुन मितिदेखि भन्ने मात्रै निर्णय गर्न बाँकी थियो,” श्रेष्ठले हिमालखबरसँग भने, “सम्भवत: भोलिसम्म अध्यक्षले समर्थन फिर्ताको पत्र लेख्नुहुन्छ।”