कोमल शाह र झलनाथ खनालको स्वास्थ्यमा सुधार
कोरोनाभाइरसको संक्रमण भई नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाह र पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ।
मंगलबार अस्पतालले प्रेस विज्ञप्ति जारी गरी पूर्वरानी कोमलको स्वास्थ्यमा सुधार भइरहेको जनाएको छ। उनको बिहीबारदेखि प्लाज्मा थेरापी विधिबाट उपचार चलिरहेकोे छ।
त्यस्तै, पूर्वराजा ज्ञानेन्द्र शाह र प्रेरणा शाहको अवस्था सामान्य र स्थिर रहेको अस्पतालले जनाएको छ। उनीहरू कोरोना संक्रमण भएपछि ११ दिनअघि अस्पताल भर्ना भएका थिए।
यसैगरी, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ। अक्सिजनको सहायतामा राखेर उनको उपचार भइरहेको छ। उनी कोरोना संक्रमण भएपछि शनिबार अस्पताल भर्ना भएका थिए।