अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दोस्रो दिनको छलफलमा के भयो?
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच दोस्रो दिन करीब डेढ घण्टा छलफल भएको छ। बिहीबार मध्याह्न दुई नेताबीच नक्सालस्थित होटल मेरियटमा छलफल भएको हो।
पार्टी विभाजन उन्मुख रहेका बेला दुई नेताले लगातार दोस्रो दिन छलफल गरेका हुन्। बैठकबारे संक्षिप्त प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले भने, “कुराकानीमा कुनै प्रगति भएको छैन।”
बुधबार ओलीसँग दुई घण्टा छलफल भएपछि नेता नेपालले साथीहरूसँग छलफल गरेर मात्रै आफ्नो धारणा सार्वजनिक गर्ने बताएका थिए।