अध्यक्ष ओलीले सोधे एमालेका ३२ सांसदलाई स्पष्टीकरण
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघ र प्रदेशका गरी ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्।
संघका २७ र कर्णालीका ५ सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीद्वारा हस्ताक्षरित पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ नदिए कडा कारबाही गर्ने चेतावनी दिइएको छ।
संघीय सांसदहरूः माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, पवित्रा निरौला, रामकुमारी झाँक्री, मेटमणि चौधरी, यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, भवानी खापुङ, नारायण खतिवडा, गणेश पहाडी, दीपकप्रकाश भट्ट, हिराचन्द्र केसी, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, सरलाकुमारी यादव, मुकुन्द नेउपाने, कृष्णलाल महर्जन र नीरादेवी जैरु।
कर्णाली प्रदेश सांसदहरू: प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही, देवी ओली र अम्बरबहादुर थापा।