फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो।
निगमका अनुसार, पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धनको मूल्यवृद्धि भएको छ। पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर रू.१ का दरले वृद्धि गरिएको छ।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर रू.१२१ पुगेको छ। त्यस्तै, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर रू.१०४ पुगेको छ।
आन्तरिक उडानतर्फको हवाई इन्धनको साबिकको बिक्री मूल्यमा रू.२ वृद्धि गरिएको छ। योसँगै हवाई इन्धनको मूल्य प्रतिलिटर रू. ७६ पुगेको छ।
खाना पकाउने ग्यास र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य यथावत् छ। इन्डियन आयल कर्पोरेसनले दिएको मूल्यसूची अनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको निगमले जनाएको छ।