आज देशभर ७६८ संक्रमित थपिए, ५ जनाको मृत्यु
कोरोनाभाइरस संक्रमित थपिने क्रम बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५ हजार ३३३ जनाको स्वाब परीक्षण गर्दा ७६८ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ५४५ पुगेको छ।
अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ। यसमध्ये २ लाख ७५ हजार ३८ जना निको भएका छन्।
शनिबार निको हुनेभन्दा संक्रमित हुनेको संख्या तीन गुणा बढी छ। स्वास्थ्य मन्त्रालयका अनुसार २२६ जना निको भएका छन् भने ७६८ जनामा संक्रमण देखिएको छ।
त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७५ पुगेको छ।
देशभर ५ हजार ५४५ जनालाई आइसोलेसनमा राखिएको छ। त्यस्तै, ७४ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।