प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान सर्वदलीय बैठक बोलाएका छन्।
शनिबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाएका हुन्। उनले संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बैठकमा आमन्त्रण गरेका छन्।
समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
त्यही क्रममा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई पनि फोन गरेका हुन्। नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँतिएयता प्रधानमन्त्री ओली र दाहालबीच भेटवार्ता भएको थिएन।