राप्रपाले कर्णालीका मुख्यमन्त्री शाहीलाई मत नदिने
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले भोट नदिने भएको छ। राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले तटस्थ बस्ने निर्णय गरेको पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए।
कर्णालीमा राप्रपाबाट सोशीला शाही सांसद छन्। प्रदेश सभामा एमालेका २०, माओवादी केन्द्रका १३ र कांग्रेसका ६ सांसद छन्। दल त्याग गरेपछि माओवादीका एक सांसद पदमुक्त भइसकेका छन्।
मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै छन्। एमालेले शाहीको विपक्षमा मत नदिने निर्णय गरिसकेको छ।