गण्डकी प्रदेश सभाको अधिवेशन अन्त्य
अविश्वास प्रस्ताव छल्न गण्डकी प्रदेश सभाको चालू हिउँदे अधिवेशन अन्त्य गरिएको छ।
प्रदेश सरकारको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले १ वैशाख राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन्।
अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको र बिहान १०ः३५ बजे प्रदेश सभा सचिवालयमा दर्ता भएको सचिव हरिराज पोखरेलले जानकारी दिए।
नेपाली कांग्रेससहितका विपक्षी दलले सरकारविरूद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी गर्न लागेको अवस्थामा चालू अधिवेशन अन्त्य गरिएको हो।