एमसीसीलाई तुरुन्त संंसद्को बिजनेस बनाइयोस् : सांसद अधिकारी
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खगराज अधिकारीले अमेरिकी सहयोग परियोजना (एमसीसी)लाई संसद्को बिजनेस बनाउन माग गरेका छन्।
प्रतिनिधि सभाको सोमबार बसेको बैठकमा उनले भने, “एमसीसीलाई संसद्को बिजनेस बनाइयोस्।”
“कांग्रेस र माओवादीको सरकार हुँदा एमसीसीको सम्झौता गरियो, अहिले संसद्मा थन्को लागेको छ,” सांसद अधिकारीले बैठकमा भने, “सत्ताको निम्ति यसलाई जुवाको खालमा राखेजस्तो गरिन्छ।”
२९ भदौ २०७४ मा नेपाल र अमेरिकाबीच एमसीसी कम्प्याक्टमा हस्ताक्षर भए पनि संसद्बाट अनुमोदन नहुँदा कार्यान्वयन प्रक्रियामा गएको छैन।