वन प्राविधिक संघको निर्वाचनमा प्रगतिशील प्यानल विजयी
नेपाल वन प्राविधिक संघको निर्वाचनमा डा. किरण पौडेलको नेतृत्वमा रहेको प्रगतिशील प्यानल विजयी भएको छ।
संघको निर्वाचनमा डा. पौडेलको नेतृत्वमा रहेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट वन प्राविधिकहरूको संयुक्त गठबन्धनले जितेको हो। डा. पौडेलले ८८६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी प्रजातान्त्रिक प्यानलका राकेश कर्णले ८५७ मत प्राप्त गरे।
कर्ण नेपाली कांग्रेस निकट वन प्रजातान्त्रिक वन प्राविधिकहरूको गठबन्धनबाट उम्मेदवार थिए। उनलाई जनता समाजवादी पार्टी (जसपा) निकटका वन प्राविधकहरूको सहयोग थियो।
त्यस्तै, उपाध्यक्षमा प्रगतिशील प्यानलकी गायत्री कार्की, महासचिवमा कृष्ण वस्ती, कोषाध्यक्षमा लालबाबु झा, सह–सचिवमा नवराज पुडासैनी र सह–कोषाध्यक्षमा अम्बिका खतिवडा विजयी भएका छन्।
यसैगरी सदस्यमा प्रगतिशील प्यानलका तर्फबाट डा. मेनका पन्त, नुरेन्द्र अर्याल, भीममायाँ तामाङ, शेरबहादुर परियार, रोजिना श्रेष्ठ, रूपेश कालाखेती र दीपेश शर्मा विजयी भएका छन्।