सेजन अवार्ड न्यौपाने र अधिकारीलाई
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले यसवर्षको उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार हिमाल खबरपत्रिकाका रमेशकुमार न्यौपाने र कान्तिपुर एफएमका किरण अधिकारीलाई प्रदान गरेको छ । पुरस्कार सेजनको १९ औं स्थापना दिवसको अवसरमा १५ मंसिरमा उपराष्ट्रपति नन्दबहादुर पुनले वितरण गरेका हुन ।
जनही रु. ५० हजार राशीको पुरस्कार छापातर्फको पुरस्कार न्यौपाने र प्रसारण तर्फको पुरस्कार अधिकारीले प्राप्त गरेका हुन । यस्तै चार पत्रकारलाई जनही रु. ५० हजार राशीको एचबिएल सेजन आर्थिक पत्रकारिता फेलोशिप प्रदान गरिएको छ ।
कार्यक्रममा उपराष्ट्रपति पुन, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक, उर्जा मन्त्री जनार्दन शर्मा, नेपाल राष्ट्र ब्याङ्कका गभर्नर चिरञ्जिवी नेपाल, सेजनका संस्थापक अध्यक्ष प्रतिक प्रधान लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।