वायु प्रदूषण नियन्त्रणका लागि राष्ट्रपतिको आह्वान
राष्ट्रपति विद्यादेवी भण्डारीले डढेलो नियन्त्रण गरेर वायु प्रदूषण न्यूनीकरणका लागि पहल गर्न आह्वान गरेकी छिन्।
राष्ट्रपति भण्डारीले जनप्रतिनिधि, विज्ञ तथा प्रकृतिप्रेमीसँग यस्तो आह्वान गरेकी हुन्। उनले बिहीबार ट्विट गर्दै जलवायु परिवर्तनका कारण हिउँदे वर्षा अनियमित भइरहेको परिवेशमा डढेलो‚ औद्योगिक र सवारी साधनको धुवाँ‚ धुलो आदिबाट देशैभर वायु प्रदूषण बढ्नु चिन्ताको विषय भएको पनि उल्लेख गरेकी छिन्।
यसैबीच, आजै हरित नेपालले देशमा डढेलो र वायु प्रदूषणका कारण जनस्वास्थ्य संकटमा परेको भन्दै नियन्त्रणको माग गरेर प्रदर्शन गरेको छ। हरित नेपालका अभियन्ताहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।