माधव नेपाल समूहद्वारा बागमती प्रदेश कमिटी घोषणा (जिल्ला कमिटीकाे सूचीसहित)
नेकपा (एमाले)का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बागमती प्रदेशमा पार्टीको समानान्तर कमिटी घोषणा गरेको छ।
नेकपा (एमाले)का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले बागमती प्रदेशमा पार्टीको समानान्तर कमिटी घोषणा गरेको छ।
बल्खुस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले मंगलबार अष्टलक्ष्मी शाक्यको संयोजत्वमा एमाले बागमती प्रदेश कमिटी घोषणा गरेको हो। कमिटीमा पशुपति चौलागाईँ (दोलखा), केदार न्यौपाने (चितवन) र अरुण नेपाल (सिन्धुपाल्चोक) सहसंयोजक तथा रचना खड्का (दोलखा) सचिव भएका छन्।
१७५ सदस्यीय प्रदेश कमिटी घोषणा गरिएको सहसंयोजक पशुपति चौलागाईँले जानकारी दिए।
नेपाल–खनाल समूहको जिल्ला इन्चार्जहरूमा देवशंकर पौडेल (रामेछाप), अरुण नेपाल (सिन्धुपाल्चोक), कृष्ण खनाल (चितवन), विरोध खतिवडा (मकवानपुर), सोम मिश्र (भक्तपुर), कमलजंग राई (सिन्धुली), माधव अर्याल (रसुवा), सावित्रा भुसाल (काठमाडौं) र जीवनराम श्रेष्ठ (महानगर) चयन भएका छन्।
यस्तै, बागमती प्रदेश अन्तर्गतका जिल्लाबाट १७ केन्द्रीय प्रतिनिधिसमेत छानिएका छन्।
नेपाल–खनाल समूहले यसअघि सुरेन्द्र पाण्डेको संयोजकत्वमा गण्डकी प्रदेश कमिटी घोषणा गरेको थियो।
यस्ता छन् नेपाल-खनाल समूहको बागमती जिल्ला कमिटीहरू:
काठमाडौंः अध्यक्ष वसन्त मानन्धर, उपाध्यक्ष शोभा सापकोटा, सचिव कुसुम कार्की र उपसचिव एलपी श्रेष्ठ।
सिन्धुपाल्चोक: अध्यक्ष झंक नेपाल, उपाध्यक्ष इन्द्रमाया गुरुङ, सचिव कमल नेपाली र उपसचिव सूर्य लामा।
ललितपुर: अध्यक्ष हरिकृष्ण थापा, उपाध्यक्ष कृष्णमान लामा, सचिव प्रेम महर्जन, उपसचिव तारा संजेल र महानगर अध्यक्ष श्रीगोपाल महर्जन।
भक्तपुरः अध्यक्ष रजन केसी र सचिव अनिल श्रेष्ठ।
नुवाकोटः अध्यक्ष नारायण खतिवडा, उपाध्यक्ष वासु बढुवाल, सचिव बुद्धि प्रधान र उपसचिव विष्णु लोहनी।
काभ्रेः अध्यक्ष टोकबहादुर वाइबा, सचिव दीपक गौतम र उपसचिव भक्तबहादुर लामा।
मकवानपुरः अध्यक्ष मुनु सिग्देल, उपाध्यक्ष बद्री लम्साल, सचिव विष्णु ढकाल र उपसचिव मिना लामा।
चितवनः अध्यक्ष तेजेन्द्र खड्का।
धादिङः अध्यक्ष शिवराज कँडेल, उपाध्यक्ष इन्दिरा ढुंगाना, सचिव सुभास खतिवडा र उपसचिव शम्भु थापा।
सिन्धुलीः अध्यक्ष सूर्य पाख्रिन, उपाध्यक्ष चित्रबहादुर लुमेली र सचिव तारानिधि पोखरेल।
रसुवाः अध्यक्ष पेम्बा तामाङ र सचिव शिवा लामिछाने।
रामेछापः अध्यक्ष शान्ति पौडेल र सचिव ज्ञानबहादुर श्रेष्ठ।
दोलखाः अध्यक्ष भीम दाहाल, उपाध्यक्ष भुवन केसी र सचिव प्राणप्रताप केसी।