पश्चिम बंगालमा गएको भूकम्पको धक्का नेपालसम्म
भारतको पश्चिम बंगालमा गएको भूकम्पको धक्का नेपालसम्म महसूस गरिएको छ।
सोमबार राति ९ बजे ५.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार जलपाइगुडी जिल्लाको बिन्नागुडी केन्द्रबिन्दु भएर भूकम्प गएको हो। यो स्थान गान्तोकबाट २५ किलोमिटर पूर्व–उत्तरमा पर्छ।