कोरोनाबाट पूर्वप्रधानसेनापति राणाको निधन
कोरोनाभाइरसको संक्रमणबाट पूर्वप्रधानसेनापति अर्जुननरसिंह राणाको ९१ वर्षको उमेरमा निधन भएको छ।
कोरोना संक्रमणबाट उत्पन्न निमोनियाका कारण वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा उनको निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए।
कोरोना संक्रमण भएपछि उनी वीरेन्द्र सैनिक अस्पतालमा उपचाररत थिए। उनको उपचारका क्रममै निधन भएको हो।
राणा १ जेठ, २०४० देखि १ जेठ, २०४४ सम्म नेपाली सेनाको प्रधानसेनापति भएका थिए। उनका चार छोरी छन्।
उनको पार्थिव शरीरलाई सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने सेनाले जनाएको छ।