४० वर्ष उमेर पुगेकाले २५ चैतदेखि कोरानाविरुद्धको खोप पाउने
४० देखि ५९ वर्ष उमेर समूह २५ चैतदेखि कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउन पाउने भएको छ। उनीहरूलाई काठमाडौंका तोकिएका अस्पतालमा चीन सरकारले उपलब्ध गराएको खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले बताए।
त्यसबाहेक अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रावृत्तिमा चीनमा पढ्ने विद्यार्थी, हिमालय पार व्यापारमा संलग्न व्यक्ति र चीनमा पढ्न जान लागेका विद्यार्थीले पनि यो खोप पाउने गौतमले जानकारी दिए।
सरकारले यसअघि नै चीन सरकारबाट प्राप्त खोप ४० वर्ष उमेर पुगेकालाई दिने निर्णय गरेको थियो। चीनले नेपाललाई आठ लाख डोज खोप उपलब्ध गराएको छ।