माधव नेपाल समूहको नारा– एमालेको एकता जोगाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को माधवकुमार नेपाल समूहले राष्ट्रिय अभियानको नारा तय गरेको छ।
शनिबार कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले ‘नेकपा (एमाले)को एकतालाई जोगाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नारा तय गरेको हो।
बैठकले वडा तहसम्म संगठन बनाउने निर्णय गरेको नेता रघुजी पन्तले बताए। “पार्टी र सबै जनसंगठनहरूको वडा तहसम्म संगठन बनाउने निर्णय भएको छ,” पन्तले भने, “एक-दुई महीनामा संगठन बनाइसक्ने लक्ष्य छ।”
एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि गरेको कारबाही निरर्थक रहेको स्थायी कमिटीको निष्कर्ष छ। अध्यक्ष ओलीले चारै नेतालाई ६ महीनाका लागि निलम्बन गरेका थिए।