महोत्तरीबाट बेपत्ता सात बालिका भारतमा भेटिए
मंगलबारदेखि हराइरहेका महोत्तरीको भंगाहा नगरपालिका–८ धर्मपुरका सात बालबालिका भारतमा भेटिएका छन्।
उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा बिहारको सीतामढीबाट उद्धार गरिएको भंगाहा–८ का कार्यवाहक वडाध्यक्ष रामनारायण खत्वेले जानकारी दिए।
खत्वेका अनुसार, सातै जना सकुशल छन्। मंगलबार घाँस काट्न जाँदा बेपत्ता भएका उनीहरूलाई कसले किन भारत पुर्यायो भन्ने खुलेको छैन।
१८ वर्षीया नगिना पासवान, १५ वर्षीया रिया पासवान, १८ वर्षीया अस्मिता पासवान, १५ वर्षीया अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान र १० वर्षीया सीमा पासवानलाई सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ।