डा केसीको सर्मथनमा दोलखाका स्वास्थ्यकर्मी आन्दोलित
१८ दिन देखि अनशनरत डा गोविन्द केसीको जीवन रक्षाको माग राख्दै दोलखाका स्वास्थ्यकर्मीहरुले आज शान्तिपूर्ण प्रर्दशन गरेका छन् ।
सदरमुकाम चरिकोटस्थित प्रस्तावित चरिकोट अस्पतालबाट शुरु भएर्को र्याली सातदोबाटो चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
सभालाई जिरीस्थित जिल्ला अस्पतालका डा निशान्त ढकाल र प्रस्तावित चरिकोट अस्पतालका डा विनोद दंगालले सम्बोधन गर्दै डा गोविन्द केसीको मागहरु तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।
विरोध र्याली तथा कोण सभामा जिरी अस्पताल, प्रस्तावित चरिकोट अस्पताल, च्छो रोल्पा जनरल अस्पताल, सामुदायीक अस्पताल, गौरीशङ्कर अस्पताल लगायत बिभिन्न स्वास्थ्य केन्द्रका डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।
सर्मिला बुढाथोकी, दोलखा