सन्राइज ब्याङ्क र एशियन लाइफ इन्स्योरेन्सबीच सम्झौता
सन्राइज ब्याङ्क लिमिटेड र एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच ब्याङ्कास्योरेन्स सम्झौता भएको छ ।
सम्झौताअनुसार सन्राइज ब्याङ्कले देशभर रहेका १०४ वटै शाखाबाट एशियन लाइफको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ ।
सम्झौतामा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
ब्याङ्कले १०४ शाखा, २८ वटा शाखारहित ब्याङ्किङ सेवा, चार एक्सटेन्सन काउण्टर र ११९ वटा एटीएम मार्फत सेवा दिंदै आइरहेको छ ।