कसरी झुल्किएला सुदूरपश्चिममा समृद्धिको घाम?
देशका अन्य प्रदेशको तुलनामा पछाडि परेको तथा गरीबी धेरै भएको सुदूरपश्चिममा प्राकृतिक तथा धार्मिक सम्पदाको सदुपयोग गर्न सकेमा समृद्धिकाे घाम झुल्किन सक्छ।
प्राकृतिक रूपमा सम्पन्न भए पनि सुदूरपश्चिम अन्य प्रदेशको तुलनामा पछाडि परेको छ। तुलनात्मक रूपमा गरीबी धेरै छ।
सुदूरपश्चिम प्रदेशमा समृद्धिको घाम कसरी झुल्किएला? हिमालमिडियाले निर्माण गरेको भिडिओ म्यागजिन ‘सग्लो समाज’ले यससम्बन्धी विशेष रिपोर्ट तयार गरेएको छ।
सुदूरपश्चिमको स्थलगत तथा विविध पक्षबारे अध्ययन गरेर तयार पारिएको ‘फड्को मार्दै सुदूरपश्चिम प्रदेश’मा समृद्धि हासिल गर्न सकिने उपायबारे चर्चा गरिएको छ।
प्राकृतिक र धार्मिकस्थल अनि महाकालीको निर्माणाधीन पुलको सदुपयोग गर्न सकेका खण्डमा सुदूरपश्चिम प्रदेशबाट समृद्धिको घाम झुल्कन सक्ने रिपोर्टमा औंल्याइएको छ।
सुदूरपश्चिम सम्बन्धी विशेष रिपोर्ट आज राति ८ः३० बजे डिस होमको सरोकार च्यानल (१३०) मा हेर्न र सुन्न सकिनेछ।