काठमाडौंको मनमैंजुमा एनआईसी एशिया ब्याङ्कको शाखा
एनआईसी एशिया ब्याङ्क लिमिटेडले काठमाडौंको मनमैंजुमा शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहरा र ब्याङ्कका प्रदेश–३ प्रमुख विकास खरेलले संयुक्त रुपमा गरेका हुन् ।
कार्यक्रममा बोल्दै खरेलले शहरी इलाकामा मात्रै नभएर दुर्गम तथा ग्रामीण भेगमा समेत एनआईसी एशियाको बाक्लो उपस्थिति रहेको बताएका छन् ।
एनआईसी एशिया ब्याङ्कका २८१ शाखा कार्यालय र २८९ एटीएम छन् । त्यस्तै ब्याङ्कले ४० वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखा रहित ब्याङ्किङ इकाई मार्फत सेवा प्रवाह गरिरहेको छ । ब्याङ्कका १५ लाखभन्दा बढी ग्राहक रहेको जनाइएको छ ।