पत्रकार सुशील शर्माको निधन
अग्रज पत्रकार सुशील शर्माको निधन भएको छ। काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा शर्माको शुक्रबार दिउँसो निधन भएको उनको परिवार निकट स्रोतले जनाएको छ। ६३ वर्षीय शर्मा केही समययता बिरामी थिए।
लामो समय बीबीसी नेपाली सेवामा काम गरेका शर्माका श्रीमती र एक छोरा छन्। उनको शुक्रबार नै पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी छ ।