विश्वव्यापी काेराेनाभाइरस महामारी

५५००६०७

हालसम्म संक्रमित

२३०२०६९

निको भएका

३४६७२१

मृत्यु हुनेको संख्या

नेपाल

६०३

जम्मा संक्रमित

८७

निको भएको

मृत्यु

अपडेटः सोमबार, १२ जेठ २०७७ । १०ः०० बजे बिहान | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

समाचार बुधबार, वैशाख ११, २०७६

पुत्रहत्याकाे आरोपमा बाबु पक्राउ

हिमालखबर

छोराको हत्या गरेको आरोपमा दोलखा शैलुङ गाउँपालिका वडा नम्बर ४ मागापौवाका चूडाबहादुर रेग्मी पक्राउ परेका छन् ।

रेग्मीले आफ्नो २२ वर्षीय बोल्न नसक्ने छोरा वेदबहादुर रेग्मीलाई जताततै फोहोर (दिशापिसाब) गरेको रिसमा हम्मर प्रहार गरी हत्या गरेको खुलेको दोलखाका प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले बताए ।

बुधबार बिहान शैलुङ गाउँपालिका वडा नम्बर ४ मागापौवामा पर्ने खहरे खोलामा एक युवकको लाश भेटिएको जानकारी इलाका प्रहरी कार्यालय मागापौवाले पाएको थियो ।

प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान गर्दा मृतकका बुबा चूडाबहादुरले नै छोराको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले बताए ।

गत वैशाख २ गते वेदबहादुरले जताततै फोहोर गरिदिएपछि आवेशमा आएर बुबा चूडाबहादुरले घरमै रहेको हम्मरले टाउकोमा प्रहार गर्दा छोराको घटनास्थलमै मृत्यु भएको थियो ।

छोराको मृत्युपछि चूडाबहादुरले लाशलाई कम्बलमा बेरेर खहरे खोलामा फाली कसैलाई नभनी बसेका थिए । बुधबार छोराको लाश भेटिएपछि बुबा चूडाबहादुरलाई पक्राउ गरी अनुसन्धान गर्दा घटनाबारे जानकारी भएको प्रहरीले जनाएको छ ।

छोराको हत्या गरेको आरोप लागेका चूडाबहादुरलाई ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

–शर्मिला बुढाथोकी

 

प्रतिकृया दिनुहोस