कोरोनाले बोकाएको ऋणले बाँच्नै मुस्किल
कोरोना भाइरसको महामारीले बोकाएको ऋणले किसान, मजदुर र साना व्यवसायीलाई दैनिकी चलाउनै सकस भएको छ।
महामारीका कारण गत ११ चैतदेखि लकडाउन भयो। व्यवसाय बन्द रहे। आयआर्जन केही भएन। जसले गर्दा किसान, मजदुर र साना व्यवसायी मर्कामा परे।
अहिले जनजीवन सामान्य बन्दै गएको छ। कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ। कलकारखाना, उद्योगधन्दा सञ्चालनमा आएका छन्। बजार तथा व्यवसाय खुलेका छन्।
तर, कोरोनाले ठप्प भएको गत १० महीनामा किसान, मजदुर र साना व्यवसायीलाई भने ऋण लागेको छ। त्यसले अब बाँच्नै गाह्रो भएको उनीहरु बताउँछन्।
सरकारले सहयोग नगर्दा ऋण लागेको र अहिले पनि दैनिकी चलाउन मुस्किल भएको उनीहरुले दुःखेसो छ।
कोरोना महामारीले पारेको असरबारे भिडियो म्यागजिन सग्लो समाजले विशेष रिपोर्ट तयार गरेको छ। यसबारे विस्तृत रिपाेर्ट डिस होमको सरोकार च्यानलमा आज राति ८ः३० बजे सग्लो समाजको नयाँ अंक ‘पेशा खोस्यो कोरोनाले’ हेर्न र सुन्न सकिनेछ।