सरस्वती मन्दिरको भित्तामा अक्षरारम्भ (तस्वीरहरू)
आज श्रीपञ्चमीका दिन बालबालिकालाई अक्षरारम्भ गर्न थालिएको छ। अभिभावकले बालबालिकालाई सरस्वती मन्दिरको भित्तामा अक्षर कोर्न लगाएर शिक्षारम्भ गराइरहेका छन्।
भक्तपुरस्थित सरस्वती मन्दिरमा पनि मंगलबार बिहानैदेखि बालबालिका र अभिभावकको भीड लागेको छ। स्थानीय बालबालिकाले सरस्वती मन्दिरको भित्तामा अक्षर कोरेका छन्।
सरस्वतीलाई विद्याकी देवी मानिन्छ। त्यसैले आजको दिन बालबालिकालाई अक्षरारम्भ गराइन्छ।
भक्तपुरजस्तै उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायतका सरस्वती मन्दिरमा बिहानैदेखि घुइँचो लागेको छ।