तीन दिनको मौसम : कतै वर्षा त कतै हिमपातको सम्भावना
पश्चिमी वायुको प्रभावले आगामी तीन दिन पनि मौसम बदली हुने भएको छ। जसले गर्दा देशका केही भागमा वर्षा त केही भागमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार, आगामी २४ घन्टामा पहाडी भूभागमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुनेछ। त्यस्तै, तराई मधेशमा भने बिहानैबाट हुस्सु र कुहिरो लागेको छ।
पश्चिमी वायुको प्रभावले हाल सुदुरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र प्रदेश १ का केही भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य पहाडी भूभागमा आंशिक बदली रहेको छ।
आज दिउसो पनि देशभर आंशिक तथा सामान्य बदली रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात तथा पहाडी भूभागमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनेछ।
सोमबार दिउसो देशभर आंशिक तथा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको हुनेछ।
राति पनि प्रदेश १ मा आंशिक सामान्य बदली रही बाँकि पहाडी भूभागका धरैजसो स्थानमा आंशिक बदलीको हुनेछ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात तथा प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा हुनेछ।
मंगलबार दिउँसो प्रदेश १ मा आंशिक तथा सामान्य बदली रही बाँकि पहाडी भूभागका धरैजसो स्थानमा आंशिक बदलीको रहनेछ। उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुनेछ भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका हल्का वर्षा हुनेछ।
राति भने प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपात र पहाडी भूभागमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ।