राजधानीका २० भन्दा बढी क्षेत्रमा आज विद्युत् आपूर्ति बन्द हुने
नेपाल विद्युत् प्राधिकरणले शनिबार र आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्न लागेको छ।
सडक निर्माण भइरहेकाले विद्युत् आपूर्ति बन्द गर्नुपरेको प्राधिकरणको बानेश्वर वितरण केन्द्रले जनाएको छ। केन्द्रका अनुसार, शनिबार र आइतबार काठमाडौंका २० भन्दा बढी स्थानमा दिउसो विद्युत् आपूर्ति बन्द हुनेछ।
प्राधिकरणले साँखु, गोठाटार, कोटेश्वर र कपन फिडरअन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ। शनिबार साँखु, गोठाटार र कोटेश्वर तथा आइतबार कपन फिडर अन्तर्गतका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ।
विद्युत् आपूर्ति बन्द हुने क्षेत्रहरु :