नेकपा अध्यक्ष नेपाल पनि निस्किए सडकमा
आमहड्तालको निरीक्षणका लागि नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपाल पनि सडकमा निस्किएका छन्।
संवैधानिक निकायमा नियुक्तिको विरोधमा नेकपाले आज देशभर आमहड्ताल गरेको छ। आमहड्तालका कारण देशभरको जनजीवन प्रभावित भएको छ।
आमहड्ताललाई शान्तिपूर्ण बनाउन आफू सडकमा निस्किएकाे अध्यक्ष नेपालले बताएका छन्। उनी कार्यकर्ताकाे स्कुटरपछाडि बसेर सडकमा निस्किएका थिए।
नेपाल अहिले कोटेश्वरमा छन्। कोटेश्वरमा नेकपा कार्यकर्ताले सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्।
यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु पनि सडकमा निस्केका थिए। शाक्यलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेकपा नेता तथा कार्यकर्ताले बिहानैदेखि राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन्। उनीहरुको प्रदर्शनका कारण यातायात अवरुद्ध भएको छ।